Posts

सय वर्ष भन्दा अगाडिको नयाँ वर्षको कार्ड

Image
  सय वर्ष भन्दा अगाडिको नयाँ वर्षको कार्ड सन १९२१ अर्थात बि.सं. १९७८ को पौषमा पठाइएको यो ग्रीटिङ कार्ड एउटा नौलो अनुभुति लाग्दछ । १०० वर्ष भन्दा अगाडी नेपालमा नै खासै हुलाकमा साधारण पत्र पठाउने ब्यबस्था नहुँदा यो किसिमको ग्रीटिङ कार्ड एउटा बहिनीले दिदीको लागी पठाइएको छ । सन १९२१ को डिसेम्बर २८ तारिखको दिन दिदी भुवन कुमारी देवीलाई बहिनी बुद्धिमतीले पठाइएको यो कार्डमा बहिनी बुद्धिमतीले आफ्नै तस्विरको प्रयोग गरेकी छिन । कार्डमा लेखिएको शब्द "My dashing sis with profound love affably yours Buddhimati 28 December 1921. यहा प्रयोग गरिएका अंग्रेजी शब्दले दुबैले अंग्रेजी माध्यममा पढेको भन्ने बुझिन्छ । यहा सबैलाई खुलदुलि होला । आखिर यि भुवनकुमारी देवी र बुद्धिमती को हुन भन्ने । देवशम्शेर भाइ चन्द्रशम्शेरको षडयन्त्रले देश निकाला भए पछि धनकुटामा पुगेपछि जन्मिएका भुवन कुमारी देवी देव शम्शेरको तेश्रो रानी कृष्णकुमारीकी कान्छी छोरी थिइन भने बुद्धिमती उनको अर्को आमा तर्फबाट बहिनी थिइन । धनकुटाबाट भारतको मसुरीमा बाकी जिवन बिताउन पुगेका देवशम्शेरको सम्पूर्ण परिवार झरिपानीमा नै बस्दथे । यो कार्ड पठ...

नेपाली कांग्रेसको झण्डाको इतिहास History of Nepali Congress Flag

Image
  नेपाली कांग्रेसको झण्डाको इतिहास हालको झण्डा पुरानो झण्डा तल माथि क्रान्तीको प्रतिक रातो रङ र बिचमा शान्तीको प्रतिक सेतो रङमा फेरी क्रान्तीकारी चार तारा पनि राखिएको छ । चार तारा राख्नुको कारण नेपालमा कांग्रेस राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र धार्मिक स्वतन्त्रताका पक्षमा सधै उभिनेछ भन्नु थियो । तर वास्तवमा भन्ने नै हो भने यो झण्डा नेपाली कांग्रेसको थिएन । राणाशासन बिरुद्ध क्रान्तीको घोषणा सहित राणाशासनकालमा जुद्धशम्शेरले भीमशम्शेरका तामाङ तिरका सन्तानलाई सि क्लासमा बिभाजन गराइ रोलक्रमबाट निष्काशित गराइएका सुवर्णशम्शेर र महावीर शम्शेरको सक्रियतामा स्थापना गरिएको नेपाल प्रजातन्त्र कांग्रेसको झण्डा थियो ।  नेपाली राष्ट्रिय कांग्रेसको जन्म भने धेरै अगाडि नै भइसकेको थियो । बि.सं. २००३ कार्तिक १५ गते गठित अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस नै पछि माघ १२ र १३ गते कलकत्तामा भएको प्रथम महाधिवेशनले बिधिवत रुपमा नेपाली राष्ट्रिय कांग्रेस नामाकरण गरि गोपाल प्रसाद भट्टराई, देवब्रत परियार तथा डि. एन. प्रधानलाई झण्डा निर्माणको जिम्मा दिइएको थियो । अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस...

बीपीको सम्झनामा भोलि जनजाति महासंघ काठमाडौले जोरपाटीमा विचारगोष्ठी गर्ने

Image
काठमाडौं , ५ साउन । नेपाली कांग्रेसका संस्थापक राजनेता, साहित्यकार तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसको अवसरमा कांग्रेसको भातृ संस्था नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ काठमाडौं जिल्ला कार्य समितिले शनिबार काठमाडौंको जोरपाटीमा अन्तरक्रिया तथा विचारगोष्ठीको आयोजना गरेको छ । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ यसअघि नेपाल आदिवासी जनजाति संघका रुपमा रहेको थियो । आयोजक संस्थाका काठमाडौं सभापति प्रविणबहादुर भँडेलले दिउँसो साढे १ बजेबाट कार्यक्रम सुरु हुने बताउनुभयो । जोरपाटीको पीस बैक्वेटमा हुने कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य तथा शहरी विकासमन्त्री सिता गुरुङ प्रमुख अतिथि रहनुहुने भएको छ । ‘आदिवासी , जनजाति र लोकतन्त्र’ विषयक अन्तरक्रियामा सहभागी हुनका लागि पार्टीका धेरै नेतालाई आमन्त्रण गरिएको भडेलले बताए । विपी कोइरालाको साउन ६ गते निधन भएको थियो । विपी २०१५ सालको आमनिर्वाचनपछि बनेको सरकारका पहिलो प्रधानमन्त्री हुन् । वीपीलाई कांग्रेसीले जननायक भन्ने गर्दछन् । कांग्रेसको स्थापना गर्नमा उनको प्रमुख भूमिका रहेको थियो । विपी कोइरालाको साउन ६ गते...

बुढानीलकण्ठ नगरपालिकमा कृषि सामग्री खरिद तथा अनुदानको प्रगति विवरण छैन, गम्भीर भ्रष्टाचारको आशंका !

Image
बूढानीलकण्ठ नगरपालिकामा    कृषि तथा पशु अनुदान कार्यक्रमभित्र गम्भीर भ्रष्टाचारको आशंका गरिएको छ । कृषि तथा पशु अनुदानका काममा   अव्यवस्थित एवम् विसंगतिपूर्ण   काम भएको   आरोपको कारण ठूलो घोटाला भएको सरोकारवालाहरूले बताएका छन् ।   काठमाडौँ खबर श्रोतका अनुसार    नगरपालिकाले कृषि तथा पशुपालनमा संलग्न सहकारी संस्था , विभिन्न कृषि पकेट कार्यक्रम र कृषि सामग्री खरिदका लागि अनुदान स्वरूप एक करोड ११ लाख ७६ हजार ५ सय ९९ रुपैयाँ रकम वितरण गरेको थियो ।  अचम्मको कुरा के छ भने  करोडौँ रकम अनुदानको रूपमा वितरण भए    पनि  अनुदानको उपयोग र प्रभावको हिसाबकिताब गर्ने प्रगति प्रतिवेदन भने नगरपालिकासँग छैन ।   प्रगति प्रतिवेदनको अभाव र अनुदान कार्यक्रमको नतिजाको अनुगमन र मापनको अभावले नगरपालिकाका अधिकारीहरूको पारदर्शिता र जवाफदेहितामामात्र नभै सिधै  गम्भीर खाले भ्रष्टाचार भैरहेको अनुमान गर्न सकिन्छ ।     अनुदान प्रदान गर्न जिम्मेवार निकायले सार्वजनिक कोषको प्रभावकारी उपयोग भएको सुनिश्चित गर्न यसको उपयोगको अनुग...

नेपाल लोकतन्त्रवादी आदिबासी जनजाती महासँघ काठमाण्डौ-५ को क्षेत्रिय सभापतिमा श्री सुर्य महर्जन(क्रियाशील सदस्यता-वि.सं.२०४४) मनोनित ।

Image
एजेन्सी २०८० साउन ३ गते । नेपाल लोकतन्त्रवादी आदिबासी जनजाती महासँघ काठमाण्डौ-५ को क्षेत्रिय सभापतिमा  श्री सुर्य महर्जन(क्रियाशील सदस्यता-वि.सं.२०४४)  मनोनित हुनु भयो ।  एक भव्य कार्यक्रममा ने.लो.आ.ज महासंघ काठमाण्डौ जिल्ला समितिका अध्यक्ष प्रविण बहादुर भँडेल तथा काठमाण्डौ-५(क) सभापति एवँ   क्षेत्रिय उपसभापति श्री रमेश डँगोल द्वारा नवमनोनित सुर्य महर्जनलाइ मनोनयन पत्र   संयुक्तरुपमा हस्तान्तरण गर्नु भयो ।   उक्त अवसरमा तरुण दलको केन्द्रीय सदस्यमा नवमनाेनित रत्न महर्जनलाइ सम्मान तथा बधाइ समेत दिइएको थियो ।  ने.लो.आ.ज. महासँघका काठमाण्डौ जिल्ला सभापति श्री प्रबिण बहादुर भँडेलको सभापतित्व तथा काठमाण्डौ-५(क) सभापति एवँ क्षेत्रिय उपसभापति श्री रमेश डँगोलको प्रमुख आतिथ्ततामा सम्पन्न उक्त कार्यक्रममा लोकतान्त्रिक खेलकुद संघका सचिव मनिष जोशी , सदस्यद्वय दामोदर अर्याल र राजु विक्रम थापा , तरुण दल केन्द्रीय सदस्य रत्न महर्जन , महाधिवेशन प्रतिनिधि फुलमाया तामाङ , वरिष्ठ नेता श्रीविनोद भट्टराई  ,  काठमाण्डौ जिल्ला सदस्य तथा ने.लो.आ.ज महासंघ काठमाण्डौ ...

कांग्रेसले माग्यो घोषणा पत्रका लागि सर्वसाधारणबाट सुझाव

Image
  नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि घोषणा पत्र बनाउने काम भइरहेकोले सुझाव दिन पार्टीका नेता तथा कार्यकर्ताहरू र सर्वसाधारणका लागि आग्रह गरेको छ। महामन्त्री गगन थापा नेतृत्वमा कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रित घोषणा पत्र बनाइरहेको छ। स्थानीय तहको घोषणा पत्रमा समेटिनुपर्ने विषयबारे कांग्रेसले सर्वसाधारणबाट पनि सुझाव माग गरेको छ। टोल फ्रि नम्बर १६६००११५८८८ मार्फत् सुझाव दिन सकिनेछ। साथै ९८५१३४२५५५ नम्बरमा भाइबर गरेर सुझाव दिन पनि सकिने कांग्रेसले जनाएको छ। ०७९ वैशाख ३० मा हुने निर्वाचनका लागि कांग्रेसले केन्द्रबाट घोषणा पत्र र सबै स्थानीय तह वा वडाबाट प्रतिवद्धता पत्र सार्वजनिक गर्ने तयारी गरेको छ। घोषणा पत्रबारे छलफल गर्न कांग्रेसले बुधबार दिउँसो बस्ने गरी पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठक पनि राखेको छ। घोषणा पत्र निर्माण समितिका सदस्यसमेत रहेका पार्टीका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले वैशाख ११ मा घोषणा पत्र सार्वजनिक गरिने बताए। सबैको सुझाव लिएर घोषणा पत्र बनाइने उनको भनाइ छ।

निर्वाचन आचारसंहिता आज मध्यरातदेखि

Image
   निर्वाचन आयोगले आसन्न स्थानीय निर्वाचनका लागि शुक्रबार मध्यरातदेखि आचारसंहिता लागू गर्ने तयारी गरेको छ । राजनीतिक दल र अन्य सरोकारवालालाई पालना गर्ने लिखित प्रतिबद्धता गराएपछि आयोगले आचारसंहिता कार्यान्वयनमा ल्याउन लागेको हो । स्रोतका अनुसार आयोगले शुक्रबार निजी क्षेत्रलाई प्रतिबद्धता गराएपछि पत्रकार सम्मेलन गरेर आचारसंहिता लागू गर्ने तयारी गरेको छ । ‘सरोकारवाला सबैले प्रतिबद्धता जनाएपछि शुक्रबार मध्यरातिबाट आचारसंहिता लागू गर्न लागेका छौं,’ स्रोतले भन्यो । स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी बनाउन आयोगले सरकार, संवैधानिक निकाय, अर्धसरकारी संस्था, राजनीतिक दल, उम्मेदवार, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चारमाध्यम, पर्यवेक्षक, गैरसरकारी संस्था, विद्यालय र विश्वविद्यालयका शिक्षक तथा कर्मचारी, मतदातालगायतले पालना गर्नुपर्ने आचारसंहिता जारी गर्न लागेको हो । आचारसंहिता लागू भएपछि वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएकाबाहेकका कार्यक्रम गर्न, नयाँ नीति, योजना र कार्यक्रम घोषणा गरी स्वीकृत गर्नसमेत रोक लगाउँछ ।आचारसंहिता लागू भएपछि कुनै योजनाको शिलान्यास...