सय वर्ष भन्दा अगाडिको नयाँ वर्षको कार्ड
सय वर्ष भन्दा अगाडिको नयाँ वर्षको कार्ड
सन १९२१ अर्थात बि.सं. १९७८ को पौषमा पठाइएको यो ग्रीटिङ कार्ड एउटा नौलो अनुभुति लाग्दछ । १०० वर्ष भन्दा अगाडी नेपालमा नै खासै हुलाकमा साधारण पत्र पठाउने ब्यबस्था नहुँदा यो किसिमको ग्रीटिङ कार्ड एउटा बहिनीले दिदीको लागी पठाइएको छ । सन १९२१ को डिसेम्बर २८ तारिखको दिन दिदी भुवन कुमारी देवीलाई बहिनी बुद्धिमतीले पठाइएको यो कार्डमा बहिनी बुद्धिमतीले आफ्नै तस्विरको प्रयोग गरेकी छिन । कार्डमा लेखिएको शब्द
यहा प्रयोग गरिएका अंग्रेजी शब्दले दुबैले अंग्रेजी माध्यममा पढेको भन्ने बुझिन्छ । यहा सबैलाई खुलदुलि होला । आखिर यि भुवनकुमारी देवी र बुद्धिमती को हुन भन्ने । देवशम्शेर भाइ चन्द्रशम्शेरको षडयन्त्रले देश निकाला भए पछि धनकुटामा पुगेपछि जन्मिएका भुवन कुमारी देवी देव शम्शेरको तेश्रो रानी कृष्णकुमारीकी कान्छी छोरी थिइन भने बुद्धिमती उनको अर्को आमा तर्फबाट बहिनी थिइन । धनकुटाबाट भारतको मसुरीमा बाकी जिवन बिताउन पुगेका देवशम्शेरको सम्पूर्ण परिवार झरिपानीमा नै बस्दथे ।

Comments
Post a Comment