बुढानीलकण्ठ नगरपालिकमा कृषि सामग्री खरिद तथा अनुदानको प्रगति विवरण छैन, गम्भीर भ्रष्टाचारको आशंका !
बूढानीलकण्ठ नगरपालिकामा कृषि तथा पशु अनुदान कार्यक्रमभित्र
गम्भीर भ्रष्टाचारको आशंका गरिएको छ । कृषि तथा पशु अनुदानका काममा अव्यवस्थित एवम्
विसंगतिपूर्ण काम भएको आरोपको कारण ठूलो घोटाला भएको सरोकारवालाहरूले
बताएका छन् ।
काठमाडौँ खबर श्रोतका अनुसार नगरपालिकाले कृषि तथा पशुपालनमा संलग्न सहकारी
संस्था, विभिन्न
कृषि पकेट कार्यक्रम र कृषि सामग्री खरिदका लागि अनुदान स्वरूप एक करोड ११ लाख ७६
हजार ५ सय ९९ रुपैयाँ रकम वितरण गरेको थियो । अचम्मको कुरा के छ भने
करोडौँ रकम अनुदानको रूपमा वितरण भए पनि अनुदानको उपयोग र प्रभावको
हिसाबकिताब गर्ने प्रगति प्रतिवेदन भने नगरपालिकासँग छैन ।
प्रगति प्रतिवेदनको अभाव र अनुदान कार्यक्रमको नतिजाको अनुगमन र
मापनको अभावले नगरपालिकाका अधिकारीहरूको पारदर्शिता र जवाफदेहितामामात्र नभै सिधै
गम्भीर खाले भ्रष्टाचार भैरहेको अनुमान गर्न सकिन्छ ।
अनुदान प्रदान गर्न जिम्मेवार निकायले सार्वजनिक कोषको प्रभावकारी
उपयोग भएको सुनिश्चित गर्न यसको उपयोगको अनुगमन गर्न अनिवार्य छ। तर, यस्तो अनुगमनको
अभावले कोषको उचित उपयोगमा शंका र प्रश्न उठ्ने ठाउँ दिएको छ । अनुदान
कार्यक्रममा भ्रष्टाचारको गन्ध आउने केही उदाहरणहरू हामीले प्राप्त गरेका
छौं जो निम्न बमोजिम रहेको छ ।


Comments
Post a Comment