नेपाल लोकतन्त्रवादी आदिबासी जनजाती महासँघ काठमाण्डौ-५ को क्षेत्रिय सभापतिमा श्री सुर्य महर्जन(क्रियाशील सदस्यता-वि.सं.२०४४) मनोनित ।

एजेन्सी २०८० साउन ३ गते । नेपाल लोकतन्त्रवादी आदिबासी जनजाती महासँघ काठमाण्डौ-५ को क्षेत्रिय सभापतिमा श्री सुर्य महर्जन(क्रियाशील सदस्यता-वि.सं.२०४४) मनोनित हुनु भयो । 

एक भव्य कार्यक्रममा ने.लो.आ.ज महासंघ काठमाण्डौ जिल्ला समितिका अध्यक्ष प्रविण बहादुर भँडेल तथा काठमाण्डौ-५(क) सभापति एवँ क्षेत्रिय उपसभापति श्री रमेश डँगोल द्वारा नवमनोनित सुर्य महर्जनलाइ मनोनयन पत्र संयुक्तरुपमा हस्तान्तरण गर्नु भयो । 

उक्त अवसरमा तरुण दलको केन्द्रीय सदस्यमा नवमनाेनित रत्न महर्जनलाइ सम्मान तथा बधाइ समेत दिइएको थियो । 

ने.लो.आ.ज. महासँघका काठमाण्डौ जिल्ला सभापति श्री प्रबिण बहादुर भँडेलको सभापतित्व तथा काठमाण्डौ-५(क) सभापति एवँ क्षेत्रिय उपसभापति श्री रमेश डँगोलको प्रमुख आतिथ्ततामा सम्पन्न उक्त कार्यक्रममा लोकतान्त्रिक खेलकुद संघका सचिव मनिष जोशी, सदस्यद्वय दामोदर अर्याल र राजु विक्रम थापा, तरुण दल केन्द्रीय सदस्य रत्न महर्जन, महाधिवेशन प्रतिनिधि फुलमाया तामाङ, वरिष्ठ नेता श्रीविनोद भट्टराई , काठमाण्डौ जिल्ला सदस्य तथा ने.लो.आ.ज महासंघ काठमाण्डौ जिल्ला समितिका प्रमुख सल्लाहकार शम्भु प्रसाद अधिकारी, काठमाण्डौ जिल्ला पुर्व सदस्य माईला डंगोल, टोखा नगर सभापति ओम कृष्ण बिमली, टोनपा-२ सभापति हिराकाजी डंगोलकामपा-३ उपसभापति प्रमिस खनाल, सचिव सदीप के.सी. सहसचिवद्वय उमेश मानान्धर र दीपक भट्ट,  बुनपा-३ सचिव राजकुमार नगरकोटी लगायत पार्टीका टोल समिति अध्यक्षहरू रामकुमार केसी, कनक आचार्य, लिजा प्याकुरेल, थानीश्वर शर्मा, मीना अधिकारी, अम्बिका पाैडेल(सचिव), प्रबीण श्रेष्ठ लगायत विभिन्न तह र तप्काका नेताहरू गरि करिब १०० जना उपस्थिति थिए ।

कार्यक्रमका वक्ताहरूले नवमनोनित सभापति सुर्य महर्जनलाइ बधाइ शुभकामना साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुका साथै २०४४ सालका क्रियाशील सदस्यलाइ ३६ वर्ष पछि न्याय भएकोमा खुशी व्यक्त गरे । 

काठमाण्डौ जिल्ला सदस्य तथा ने.लो.आ.ज महासंघ काठमाण्डौ जिल्ला समितिका प्रमुख सल्लाहकार शम्भु प्रसाद अधिकारीले ने.लो.आ.ज महासंघ कुनै जातिय संस्था नभइ पार्टीको भातृ संगठन भएकोले पार्टीका हरेक तहका कार्यक्रमहरूमा ने.लो.आ.ज महासंघका पदाधिकारीहरूलाइ अन्य भातृ संगठन सरह स्थान र सम्मान दिनुपर्ने तथ्य स्मरण गराउनु भयो । 

यस क्षेत्रका संस्थापक क्षेत्रिय सभापति तथा पुराना नेता श्रीविनोद भट्टराइले १४ अोैँ महाधिवेशनमा पार्टीको आन्तरिक द्वन्दको शिकार भइ क्रियाशील नवीकरणबाट बञ्चित भएता पनि निरन्तर पार्टीको हितमा काम गरिरहेका व्यक्तिलाइ सही मुल्याँकन गरि भातृ संगठनको क्षेत्रिय सभापति जस्तो गरिमामय पदमा मनोनित गरि सम्मानित गरेकोमा ने.लो.आ.ज. महासँघका काठमाण्डौ जिल्ला सभापति श्री प्रबिण बहादुर भँडेल, उपसभापति मोहन तामाङ तथा सहसचिव राकेश महर्जनलाइ विशेष धन्यवादका साथै आभार व्यक्त गरे ।

लोकतान्त्रिक खेलकुद संघका सचिव मनिष जोशीले काठमाण्डाै ५ मा  ने.लो.आ.ज. महासँघ र लोकतान्त्रिक खेलकुद संघको सहकार्य र हातेमालो हुने बताए ।

टोखा नगर सभापति अोमकृष्ण बिमलीले ने.लो.आ.ज. महासँघको संगठन बिस्तारमा टोखा नगर समितिको संधै साथ सहयोग रहने बताउनु भयो ।

तरुण दलका केन्द्रीय सदस्य रत्न महर्जनले दुइ भातृ संगठनले काँधमा काँध मिलाएर संगठन मजबुत र बिस्तार गरि आगामी चुनावहरूमा रुख चिन्हधारी काँग्रेसका उम्मेद्वारहरूलाइ जिताउने उदघोष गर्नु भयो ।

का.म.पा. ३ का नेता देवी न्याैपानेले शुभकामना दिनुका साथै संगठन मजबुत पार्दैजान सुझाव दिनुका साथै संधै साथ सहयोग रहने बताउनु भयो ।

का.म.पा. उपसभापति प्रमिस खनालले आफ्नै वडाको अग्रज दाजु भातृ संगठनको क्षेत्रिय सभापति पदमा मनोनित हुँदा वडा कार्यसमिति परिवार अत्यन्त गाैरवान्वित भएको बताए । 

कार्यक्रमका प्रमुख अतिथी काठमाण्डौ-५(क) सभापति एवँ क्षेत्रिय उपसभापति रमेश डँगोलले पार्टीमा एकता र भातृत्वभाव नभइ संगठन मजबुत नहुने बताउँदै भातृ संगठनले भातृत्वभाव बढाइ सबैलाइ एकजुट हुने प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुका साथै विद्यमान मनमुटाव सबै छाडी एकजुट हुन आव्हान गर्नु भयो । 

कार्यक्रमका सभापति ने.लो.आ.ज. महासँघका काठमाण्डौ जिल्ला सभापति प्रबिण बहादुर भँडेलले उपस्थित सबैलाइ धन्यवाद दिनुका साथै क्षेत्र नं. ५ आफ्नो पनि क्षेत्र भएकोले विशेष महत्व दिने बताउनु भयो । 

ने.लो.आ.ज. महासँघका काठमाण्डौ जिल्ला सहसचिव राकेश महर्जनले संचालन गरेको उक्त कार्यक्रममा  उपसभापति मोहन तामाङले स्वागत मन्तव्य दिएका थिए । 




Comments

Popular posts from this blog

कांग्रेसले माग्यो घोषणा पत्रका लागि सर्वसाधारणबाट सुझाव

नेपाली कांग्रेसको झण्डाको इतिहास History of Nepali Congress Flag

बुढानीलकण्ठ नगरपालिकमा कृषि सामग्री खरिद तथा अनुदानको प्रगति विवरण छैन, गम्भीर भ्रष्टाचारको आशंका !