बीपीको सम्झनामा भोलि जनजाति महासंघ काठमाडौले जोरपाटीमा विचारगोष्ठी गर्ने




काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका संस्थापक राजनेता, साहित्यकार तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसको अवसरमा कांग्रेसको भातृ संस्था नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ काठमाडौं जिल्ला कार्य समितिले शनिबार काठमाडौंको जोरपाटीमा अन्तरक्रिया तथा विचारगोष्ठीको आयोजना गरेको छ ।


नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ यसअघि नेपाल आदिवासी जनजाति संघका रुपमा रहेको थियो । आयोजक संस्थाका काठमाडौं सभापति प्रविणबहादुर भँडेलले दिउँसो साढे १ बजेबाट कार्यक्रम सुरु हुने बताउनुभयो । जोरपाटीको पीस बैक्वेटमा हुने कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य तथा शहरी विकासमन्त्री सिता गुरुङ प्रमुख अतिथि रहनुहुने भएको छ । ‘आदिवासी, जनजाति र लोकतन्त्र’ विषयक अन्तरक्रियामा सहभागी हुनका लागि पार्टीका धेरै नेतालाई आमन्त्रण गरिएको भडेलले बताए । विपी कोइरालाको साउन ६ गते निधन भएको थियो । विपी २०१५ सालको आमनिर्वाचनपछि बनेको सरकारका पहिलो प्रधानमन्त्री हुन् । वीपीलाई कांग्रेसीले जननायक भन्ने गर्दछन् । कांग्रेसको स्थापना गर्नमा उनको प्रमुख भूमिका रहेको थियो । विपी कोइरालाको साउन ६ गते निधन भएको थियो ।


शनिबार विपी कोइरालाको ४१ औं स्मृति दिवस मनाइँदैछ । दिवसको अवसरमा कांग्रेस र उसका भ्रातृ तथा शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । शनिबारको कार्यक्रमको संयोजक आयोजक संस्थाका सदस्य विकास खड्गी रहनुभएको छ । खड्गीकै सभापतित्वमा कार्यक्रम हुने जनाइएको छ । कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकीका साथै भेषभूषा पनि प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

  

Comments

Popular posts from this blog

कांग्रेसले माग्यो घोषणा पत्रका लागि सर्वसाधारणबाट सुझाव

नेपाली कांग्रेसको झण्डाको इतिहास History of Nepali Congress Flag

बुढानीलकण्ठ नगरपालिकमा कृषि सामग्री खरिद तथा अनुदानको प्रगति विवरण छैन, गम्भीर भ्रष्टाचारको आशंका !