Posts

Showing posts from July, 2023

बीपीको सम्झनामा भोलि जनजाति महासंघ काठमाडौले जोरपाटीमा विचारगोष्ठी गर्ने

Image
काठमाडौं , ५ साउन । नेपाली कांग्रेसका संस्थापक राजनेता, साहित्यकार तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसको अवसरमा कांग्रेसको भातृ संस्था नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ काठमाडौं जिल्ला कार्य समितिले शनिबार काठमाडौंको जोरपाटीमा अन्तरक्रिया तथा विचारगोष्ठीको आयोजना गरेको छ । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ यसअघि नेपाल आदिवासी जनजाति संघका रुपमा रहेको थियो । आयोजक संस्थाका काठमाडौं सभापति प्रविणबहादुर भँडेलले दिउँसो साढे १ बजेबाट कार्यक्रम सुरु हुने बताउनुभयो । जोरपाटीको पीस बैक्वेटमा हुने कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य तथा शहरी विकासमन्त्री सिता गुरुङ प्रमुख अतिथि रहनुहुने भएको छ । ‘आदिवासी , जनजाति र लोकतन्त्र’ विषयक अन्तरक्रियामा सहभागी हुनका लागि पार्टीका धेरै नेतालाई आमन्त्रण गरिएको भडेलले बताए । विपी कोइरालाको साउन ६ गते निधन भएको थियो । विपी २०१५ सालको आमनिर्वाचनपछि बनेको सरकारका पहिलो प्रधानमन्त्री हुन् । वीपीलाई कांग्रेसीले जननायक भन्ने गर्दछन् । कांग्रेसको स्थापना गर्नमा उनको प्रमुख भूमिका रहेको थियो । विपी कोइरालाको साउन ६ गते...

बुढानीलकण्ठ नगरपालिकमा कृषि सामग्री खरिद तथा अनुदानको प्रगति विवरण छैन, गम्भीर भ्रष्टाचारको आशंका !

Image
बूढानीलकण्ठ नगरपालिकामा    कृषि तथा पशु अनुदान कार्यक्रमभित्र गम्भीर भ्रष्टाचारको आशंका गरिएको छ । कृषि तथा पशु अनुदानका काममा   अव्यवस्थित एवम् विसंगतिपूर्ण   काम भएको   आरोपको कारण ठूलो घोटाला भएको सरोकारवालाहरूले बताएका छन् ।   काठमाडौँ खबर श्रोतका अनुसार    नगरपालिकाले कृषि तथा पशुपालनमा संलग्न सहकारी संस्था , विभिन्न कृषि पकेट कार्यक्रम र कृषि सामग्री खरिदका लागि अनुदान स्वरूप एक करोड ११ लाख ७६ हजार ५ सय ९९ रुपैयाँ रकम वितरण गरेको थियो ।  अचम्मको कुरा के छ भने  करोडौँ रकम अनुदानको रूपमा वितरण भए    पनि  अनुदानको उपयोग र प्रभावको हिसाबकिताब गर्ने प्रगति प्रतिवेदन भने नगरपालिकासँग छैन ।   प्रगति प्रतिवेदनको अभाव र अनुदान कार्यक्रमको नतिजाको अनुगमन र मापनको अभावले नगरपालिकाका अधिकारीहरूको पारदर्शिता र जवाफदेहितामामात्र नभै सिधै  गम्भीर खाले भ्रष्टाचार भैरहेको अनुमान गर्न सकिन्छ ।     अनुदान प्रदान गर्न जिम्मेवार निकायले सार्वजनिक कोषको प्रभावकारी उपयोग भएको सुनिश्चित गर्न यसको उपयोगको अनुग...

नेपाल लोकतन्त्रवादी आदिबासी जनजाती महासँघ काठमाण्डौ-५ को क्षेत्रिय सभापतिमा श्री सुर्य महर्जन(क्रियाशील सदस्यता-वि.सं.२०४४) मनोनित ।

Image
एजेन्सी २०८० साउन ३ गते । नेपाल लोकतन्त्रवादी आदिबासी जनजाती महासँघ काठमाण्डौ-५ को क्षेत्रिय सभापतिमा  श्री सुर्य महर्जन(क्रियाशील सदस्यता-वि.सं.२०४४)  मनोनित हुनु भयो ।  एक भव्य कार्यक्रममा ने.लो.आ.ज महासंघ काठमाण्डौ जिल्ला समितिका अध्यक्ष प्रविण बहादुर भँडेल तथा काठमाण्डौ-५(क) सभापति एवँ   क्षेत्रिय उपसभापति श्री रमेश डँगोल द्वारा नवमनोनित सुर्य महर्जनलाइ मनोनयन पत्र   संयुक्तरुपमा हस्तान्तरण गर्नु भयो ।   उक्त अवसरमा तरुण दलको केन्द्रीय सदस्यमा नवमनाेनित रत्न महर्जनलाइ सम्मान तथा बधाइ समेत दिइएको थियो ।  ने.लो.आ.ज. महासँघका काठमाण्डौ जिल्ला सभापति श्री प्रबिण बहादुर भँडेलको सभापतित्व तथा काठमाण्डौ-५(क) सभापति एवँ क्षेत्रिय उपसभापति श्री रमेश डँगोलको प्रमुख आतिथ्ततामा सम्पन्न उक्त कार्यक्रममा लोकतान्त्रिक खेलकुद संघका सचिव मनिष जोशी , सदस्यद्वय दामोदर अर्याल र राजु विक्रम थापा , तरुण दल केन्द्रीय सदस्य रत्न महर्जन , महाधिवेशन प्रतिनिधि फुलमाया तामाङ , वरिष्ठ नेता श्रीविनोद भट्टराई  ,  काठमाण्डौ जिल्ला सदस्य तथा ने.लो.आ.ज महासंघ काठमाण्डौ ...