कामपा-३ मा नेपाली काँग्रेसबाट वडाध्यक्षका ४ सम्भावित उम्मेद्वारहरू

 





काठमाण्डाै महानगरपालिका-३ मा नेपाली काँग्रेसबाट वडाध्यक्षका ४ चर्चित सम्भावित उम्मेद्वारहरू


२०७८।१२।१० स्थानिय सम्वाददाता, दिनेश चाैधरी, ।  गगन थापा, धनराज गुरूङ, विश्वप्रकाश शर्मा जस्ता चर्चित युवा उम्मेद्वारहरूकाे शानदार विजय सहित चाैधाैँ महाधिवेशनकाे समापनसंगै नेपाली काँग्रेसमा एउटा छुट्टै जाेश जाँगर उत्पन्न हुनाका साथै अाम नागरिकमा नेपाली काँग्रेस प्रति अाशा र भराेसा पलाएकाेछ । 

देश अहिले स्थानिय निर्वाचनकाे संघारमा छ । नागरिककाे घरदैलाेमा सेवा पुर्याउने र केन्द्र सरकार र अाम नागरिक बिच सेतुकाे कार्य गर्ने स्थानिय तह (पालिका सरकार)काे नेतृत्व गरि अाम नागरिककाे सेवा गर्ने उद्देश्यका साथ राजनैतिक दलका युवाहरू साथै स्वतन्त्र युवाहरू तयारीमा जुटि सकेका छन । 

राजधानी शहर एतिहासिक नगरी काठमाण्डाै महानगरपालिका वडा नं. ३ लाइ काठमाण्डाै क्षेत्र नं. ५ को मेरूदण्डको रूपमा लिइन्छ ।  एतिहासिक नगरी काठमाण्डाै महानगरपालिका अाफैँमा एउटा विशेषता बोकेको नगरी हो भने महानगरको शीरमा रहेको ३ वडाले एउटा छुट्टै पहिचान र विशिष्टता बाेकेकोछ । अस्पतालै अस्पताल, राजदुताबासै राजदुताबास, सुरक्षा निकायका महत्वपुर्ण अंगहरू, पुर्व राजा देखि वर्तमान राष्ट्रपतिको निवास रहेको वडाकाे नेतृत्व गर्न सक्ने अति नै सक्षम र याेग्य व्यक्तित्वलाइ अमुल्य मतदान गर्न वडाबासीहरू व्यग्रताका साथ मतदानको दिन पर्खेर बसेका छन । 

वडाबासीहरूले मतदानको दिन व्यग्रताको दिनगन्ती गर्नुको प्रमुख कारण विगतमा एमालेबाट जितेका वडाध्यक्षको अकर्मण्यता, अनैतिक गतिविधी, विभेदकारी व्यवहारनै हो । 

साेही कारण यस निर्वाचनमा नेपाली काँग्रेसबाट असल र सक्षम उम्मेद्वारको पर्खाइमा छन वडाबासीहरू  ।  यही मेसाेमा कामपा-३ को टाेल टाेलमा नेपाली काँग्रेसबाट सम्भावित उम्मेद्वारहरू मध्ये ४ जनाको चर्चा विशेषरूपले चल्न शुरू गरेकाेछ । 

विषम केसी ः किशोरावस्था देखि हालसम्म लामो समय पार्टीको सेवामा निरन्तर भएकाे,  २ कार्यकाल वडा सभापति भइसकेको अाधारमा  वर्तमान वडा सभापति विषम केसीलाइ सम्भावित वडाध्यक्षको उम्मेद्वारको रूपमा अनुमान गर्न थालिएकोछ ।

राकेश महर्जन ः बिद्यार्थीकालमा नेविसंघमा अावद्ध भइ वडा सचिवको भुमिकामा विवाद रहित र सफलरूपमा कार्यकाल सम्पन्न गरि चाैधाैँ महाधिवेशनमा कुनैपनि गुटको फेर नसमाति वडा सभापतिको प्रतिस्पर्धा गरि बलियो गुटको प्रतिस्पर्धि उम्मेद्वारसंग अतिनै झिनो मतान्तरले पराजित भएका राकेश महर्जनलाइ वडाबासीहरूले विशेष चासोका साथ हेरिरहेकाछन ।  विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थाहरूको नेतृत्व गरि ख्याती कमाएका उनबाट वडाबासीहरूले विशेष अाशा पनि गरेकाछन ।

राजेश अधिकारीः   बिद्यार्थीकालमा नेविसंघमा अावद्ध भइ वडा सभापतिको रूपमा पार्टीको नेतृत्व गरि पार्टी संगठनलाइ विस्तारित गर्न सफल उनी अन्यायपुर्ण सडक विस्तारको विरूद्ध वडाबासीको घरबार र हकहितको लागि अान्दोलनको नेतृत्व गरि वडाबासीहरूको मनमा बस्न सफल भएका थिए । गत स्थानिय निर्वाचनमा पनि सम्भावित उम्मेद्वारत्को सुचीमा रही टिकटबाट बञ्चित उनलाइ पनि यसपाली वडाबासीहरूले विशेष चासाेका साथ हेरेकाछन ।

हिक्मत शेरचन ः ०४६ साल पछिको पहिलो  स्थानिय निर्वाचनमा वाग्लुङ बुर्तिवाङमा वडाध्यक्षमा विजेता भइ सफल वडाध्यक्षको सुचीमा नाम दर्ज गराएका उनी हाल कामपा-३मा पनि समाजसेवा र संगठन विस्तारका कारण चर्चित छन । संगम क्लबको स्थापनाकाल देखि हाल सम्म लगातार अध्यक्ष भइ टाेलबासीहरूको मन जित्न सफल उनलाइ पनि वडाबासीहरूले विशेष चासोका साथ हेरेकाछन ।


Comments

Popular posts from this blog

कांग्रेसले माग्यो घोषणा पत्रका लागि सर्वसाधारणबाट सुझाव

नेपाली कांग्रेसको झण्डाको इतिहास History of Nepali Congress Flag

बुढानीलकण्ठ नगरपालिकमा कृषि सामग्री खरिद तथा अनुदानको प्रगति विवरण छैन, गम्भीर भ्रष्टाचारको आशंका !