लोकतन्त्र/कम्युनिष्ट

लोकतन्त्र : नागरिकद्वारा राष्ट्रको शासन पध्दति संचालन गर्ने विधी र व्यवस्थानै लोकतन्त्र हो, जुन पध्दतिमा अावधिक निर्वाचन मार्फत नागरिकले अाफ्नो स्वतन्त्र मताधिकार प्रयोग गरि निश्चित अवधिको लागि अाफ्नो शासक अाफैंले चुनेर पठाउने व्यवस्था हुन्छ । त्यस अर्थमा नागरिक नै सर्वोपरि हुन्छ । यो नै लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष हो । महान शहिदहरुको बलिदान र नेपाली काँग्रेसको संघर्षबाट जहानियाँ निरंकुश राणा शासनको अन्त्यसंगै उदाउने कोशिस गरिरहेका कम्युनिष्टहरुले कहिले दरवार त कहिले विदेशी शक्तिको अाडमा पटक पटक लोकतन्त्रको घाँटी निमोठ्न सहायक भुमिका निभाउँदै अाएको तथ्य जगजाहेर छ र सोही कारण अझै लोकतन्त्र संस्थागत हुन सकिरहेको छैन । उदाहरणको लागि: १७ सालमा तात्कालिन कम्युनिष्ट महासचिव डा. केशरजंग रायमाझी र राजा महेन्द्र मिलेर जननिर्वाचित सरकार अपदस्थ गरि निरंकुश पञ्चायत शासन लागु गर्नु, ३७ सालको निर्दलिय पञ्चायत र बहुदलिय प्रजातन्त्र बिच भएको जनमत संग्रहमा समेत दरवारको ईसारामा एक पंक्तिका कम्युनिष्टहरुले निर्दलिय पञ्चायतलाई जिताउन अहम भुमिका खेल्नु, काँग्रेेस नेतृत्वमा ४७ सालमा प्रजातन्त्र पुनस्थापना भएपश्चात लोकतन्त्र संस्थागत हुनेक्रममा माअोवादी जनयुध्द शुरु गरि हत्या हिंसा मच्चाई तात्कालिन राजा ज्ञानेन्द्रलाई शासन सत्ता हत्याउन सहायक भुमिका निर्वाह गर्नु, यी केही तथ्यहरु लोकतन्त्रको घाँटी निमोठन कम्युनिष्टहरुले खेलेका सहायक भुमिका अादि लिन सकिन्छ । काँग्रेस नेतृत्वको ६२/६३ जनअान्दोलनको सफलता पश्चात तात्कालिन काँग्रेस सभापति गिरिजा प्रसाद कोईरालाले तात्कालिन विद्रोही जत्था माअोवादीलाई पुनस्थापित संसदमा ७७ सिट दिई मुलधारमा ल्याई संविधानसभाको पहिलो निर्वाचन सम्पन्न गराएका थिए जब कि विभिन्न सुरक्षा निकाय र संघसंस्थाहरुले काँग्रेस दोस्रो हुने रिपोर्ट बुझाईरहेका थिए । तर पनि लोकतन्त्रको सबैभन्दा सुन्दर पक्षनै निर्वाचनहो निर्वाचनले कै लोकतन्त्र बलियो बनाउँछ भन्दै निर्वाचन गराई छाडे । वाम पार्टी पहिलो बने भने काँग्रेस दोस्रो बने । २ वर्षको संविधानसभाको अवधि लाई लम्ब्याई ४/४ जना वाम प्रधानमन्त्री बने तर संविधान बनाउने तिर नलागेर भ्रष्टाचार र अराजकतामा लिप्ट हुँदै उत्तर कोरियाको जस्तो जहाँनिया अधिनायक कम्युनिष्ट शासन कसरि लाड्न सकिन्छ भनि निरन्तर प्रयासरत रहे । अन्तमा केही सिप नलागि कर्मचारीलाई सत्ता सुम्पेर लुसुक्क भागे । पहिलो संविधानसभामा वामहरुको नांगो नाच हेरिसकेका सचेत नागरिकले काँग्रेसलाई पहिलो दल बनाए फलस्वरुप ७० वर्षको व्यग्रप्रतिक्षालाई अन्त गर्दै निर्धारित समय सिमा भित्रै जनतालाई जनताद्वारानै लेखिएको संविधान दिए । तत्पश्चात पुन बनेको अोली नेतृत्वको वाम सरकारको मुल एजेण्डा मधेश अान्दोलन शान्ति पुर्वक अन्त गराउने र निर्वाचनहरु गराई लोकतन्त्र संस्थागत गर्ने थियो तर सत्तामा पुगे पछि जथाभावी अभिव्यक्ति दिई मधेस अान्दोलनलाई अराजकता तिर धकेल्ने र निर्वाचन नगराई संविधान खारेज गर्ने तिर लागे । सो विषम परिस्थितिलाई अाँकलन गरि नेका सभापति शेरबहादुर देउवाले अाफ्नो कमाण्डमा वाम मध्यृका एक प्रचण्डलाई प्रधानमन्त्रि बनाई पहिलो चरणको र पछि अाफ्नै प्रधानमन्त्रित्वमा अन्य चरणका स्थानियतह निर्वाचन शान्ति पुर्ण तरिकाले सम्पन्न गराई शान्तिपुर्ण तरिकाले मधेश अान्दोलन अन्तलगराउनुका साथै संविधान कार्यान्वयन गरि लोकतन्त्रलाई सँस्थागतको बाटो तर्फ दोहोर्याए । नेकपा एमालेका पुर्व महासचिव तथा वरिष्ठ नेता उत्तर कोरिया भ्रमणबाट फर्केको केही दिन पश्चात सम्पुर्ण देशबासी दशैँको माहोलमा रहेको बेला वाम गठबन्धनको घोषणा भयो र सहमति पत्रमा अासन्न चुनावमा २ तिहाई बहुमत ल्याई संविधान संसोधन गर्ने र १५ वर्ष भित्र उत्तरकोरियाको जस्तो जहाँनिया अधिनायक कम्युनिष्ट शासन लागु गर्ने बुँदा प्राथमिकताका साथ लेखेर हस्ताक्षर गरे । जुन अभ्यास उहिले पोलपोटले क्याम्बोडियामा गरिसकेको र हाल उत्तरकोरियामा किम जोङ उङले गरिरहेका छन । ति शासन पध्दतिमा अावधिक निर्वाचन हुँदैन जनताले अाफ्नो शासक अाफैँले चुन्न पाउँदैन कम्युनिष्ट शासनमा कम्युनिष्ट पार्टीको नगर/गाउँपलिका अधिवेशनले मेयर, वडाध्यक्ष, सदस्यहरु चुन्छन भने राष्ट्रिय महाधिवेशनले राष्ट्रपति चुन्छन । कम्युनिष्ट शासनको नमुनाको रुपमा नेपालको जहाँनिया राणा शासन लिन सकिन्छ । राणा शासनमा जंगबहादुर र वीरशम्शेरका सन्तानहरुले शासन गरे भने कम्युनिष्ट शासनमा अोली, दाहाल हरुका सन्तानहरुले शासन गर्नेछन । हिजो अमेरिकामा अाज नेपालमा जस्तै संविधान पुर्ण कार्यान्वयन भईनसकेको र सँस्थागत भईनसकेको अवस्थाका अब्राहम लिंकन जस्ता लोकतन्त्रवादीहरुले नजिति ट्रम्पहरु जस्ताले जितेका भए अमेरिका अाज अमेरिका हुने थिएन । तर अाज त्यहाँ लोकतन्त्र सँस्थागत भईसकेको अवस्थामा ट्रम्प होस वा अरु कुनै कट्टरपन्थी शक्तिले जिते पनि लोकतन्त्रमा अाँच अाउँदैन । संविधान पुर्ण कार्यान्वन नहुँदै शासन सत्ता लोकतन्त्रवादीहरुको हातबाट बाहिरियो भने देशमा राजनैतिक अस्थिरताहुनुका साथै अातंकवादीहरु क्रिडास्थल हुने उदाहरण पाकिस्तानको लिन सकिन्छ । जब सम्म लोकतन्त्र संस्थागत हुदैन तब सम्म निरंकुश शासन उदाउने र लोकतन्त्रको घाँटी निमोठ्ने खतरा रहिरहन्छ । नागरिकको शीर माथि धारिलो तरबार झुण्डिरहेकै हुन्छ । तसर्थ संविधान सँस्थागत भईनसकेको र कार्यान्वयनकै क्रममा रहेको परिप्रेक्ष्यमा लोकतन्त्रवादीको शासनले मात्र देशमा लोकतन्त्र सँस्थागत हुन्छ र संविधान पुर्णरुपमा कार्यान्वयन हुन्छ । जसरी बच्चा जन्माएको अामाले मात्र बाच्चाको सही लालनपालन गरि बच्चा हुर्काउन सक्छ अनि हुर्कि सकेपछि जस्तै अाँधिहुरीको पनि सामना गर्न सक्छ त्यसै गरि । लोकतान्त्रिक सरकारले मात्र जनताको लोकतान्त्रिक संविधानको रक्षा गर्दै मजबुत पार्दै लानसक्छ । अहिलेनै अनिनायक कम्युनिष्ट सरकारको हातमा संविधान पर्यो भने नवजात शिशु बाजको पञ्जामा परे जस्तै हुन्छ ।

Comments

Popular posts from this blog

कांग्रेसले माग्यो घोषणा पत्रका लागि सर्वसाधारणबाट सुझाव

नेपाली कांग्रेसको झण्डाको इतिहास History of Nepali Congress Flag

बुढानीलकण्ठ नगरपालिकमा कृषि सामग्री खरिद तथा अनुदानको प्रगति विवरण छैन, गम्भीर भ्रष्टाचारको आशंका !