ईश्वर पोखरेलका कार्यकर्ताहरुले नेपाली काँग्रेसबाट काठमाडौं क्षेत्र नं ५ का उम्मेदवार डा प्रकाशशरण महत माथि साँघातिक हमला

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलका कार्यकर्ताहरुले नेपाली काँग्रेसबाट काठमाडौं क्षेत्र नं ५ का उम्मेदवार डा प्रकाशशरण महत माथि दूर्व्यवहार गरेका छन् । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको अघिल्लो दिन उनीहरुले काठमाडौंको बसुन्धरामा महतमाथि दूर्व्यवहार गरेका हुन् । 
बसुन्धरास्थित विजी मार्टको माथिल्लो तल्लामा रहेको स्थानीय काँग्रेस कार्यकर्ता श्री सापकाेटाको कार्यालयमा काँग्रेसका केही कार्यकर्ताहरुसँग चिया खार्इरहेका डा महत सहित करिब आधा दर्जन नेता कार्यकर्तामाथि एमाले कार्यकर्ताले दूर्व्यवहार गरेका हुन् । 
टोखा नगरपालिका वडा न‌ं ७ का वडाध्यक्ष नरोत्तम राना मगरको नेतृत्वमा आएका करिब ७०-७५ जनाको टोलीले महत सहितका नेता तथा कार्यकर्तामाथि एक्कासी दूर्व्यवहार गरेका हुन् । साँझ ६ बजेको आसपासमा महत बसेको कार्यालयको ढोका फोर्दै उनीहरु तोडफोडमा समेत उत्रिएका थिए। स्थानीय जनप्रतिनिधि समेत रहेका रानाको नेतृत्वमा आएका उनीहरुले गुण्डागर्दी शैलीमा महत र उनीसँगै रहेका पूर्व सा‌ंसद् बहादुर लामामाथि समेत हातपातको प्रयास गरेका थिए । 
महत लगायतका नेता कार्यकर्तामाथि दूर्व्यहार भएको थाहा पाएपछि काँग्रेसका कार्यकर्ताहरु पनि बसुन्धरा पुगेका थिए । उनीहरुले पछि प्रहरीलार्इ समेत खबर गरेपछि एमाले कार्यकर्ताहरु तितरवितर भएका थिए ।
मौन अवधिको सम्मान गर्दै प्रचारप्रसारमा ननिस्किएपनि चुनावी रणनीति र बुथमा खटिने कार्यकर्ताहरुको बन्दोबस्तीको विषयमा छलफल गर्नको लागि केही सीमित कार्यकर्ताहरुसँग गरिएको छलफलको बेलामा एमालेका कार्यकर्ताहरुले गरेको दादागिरी र हुलहुज्जतको काँग्रेस उम्मेदवार महतले भर्त्सना गरेका छन् । उनले आफू माथिको यो आक्रमण एमालेहरुको पराजीत मानसिकताको उपज भएको बताएका छन् । 
गत ७० सालको निर्वाचनमा पनि यसै गरि इश्वर पोख्रेलको निर्देशनमा शालिन र विद्वान नेता तथा उम्मेदवार नरहरि अाचार्य माथि साँघातिक हमला गरेका थिए सो को जवाफ मतदाताहरुले जनमत मार्फत दिएका थिए ।

Comments

Popular posts from this blog

कांग्रेसले माग्यो घोषणा पत्रका लागि सर्वसाधारणबाट सुझाव

नेपाली कांग्रेसको झण्डाको इतिहास History of Nepali Congress Flag

बुढानीलकण्ठ नगरपालिकमा कृषि सामग्री खरिद तथा अनुदानको प्रगति विवरण छैन, गम्भीर भ्रष्टाचारको आशंका !