बि पि काँग्रेसका उम्मेदवार अशोक न्यौपानेद्वारा नेपाली काँग्रेसका उम्मेदवार रमेशकुमार खड्कालाइ समर्थन


मंसीर १८ काठमाण्डौ सम्वाददाताः मंसीर २१ गते हुने अासन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको मौन अवधी शुरु हुन केही घण्टा अगाडी बिपी काँग्रेसका तर्फबाट काठमाण्डौ क्षेत्र नं ५ को प्रदेश सभा २ तर्फ प्रदेशसभा प्रत्यक्ष तर्फ उम्मेदवारी दिएका अशोक न्यौपानेले नेपाली काँग्रेसका उम्मेदवार रमेश कुमार खड्कालाइ समर्थन गर्दै अाफ्नो उम्मेदवारी फिर्ता भएको घोषणा गरेका छन । अासन्न निर्वाचन अघोषित रुपमा लोकतन्त्र र निरंकुश अधिनायकवादी कम्युनिष्ट बिचको जनमत संग्रह भएको कारण कुनै पनि मुल्यमा लोकतन्त्रको जीत अपरिहार्य  भएको हुँदा सम्पुर्ण लोकतन्त्रवादीहरु एकजुट हुनु पर्ने यो समयमा फुटेर हैन जुटेर लाग्नु पर्ने न्यौपानेले बताए । वामगठबन्धनले शान्तिप्रिय भलादमी प्रकृतिका लोकतान्त्रवादी मतदाताहरुलाइ अातंकित पारि मतदानस्थल सम्म अाउन नदिने प्रपन्चका साथ नेपाली काँग्रेसका लोकप्रिय युवा नेता गगन थापा माथि बम प्रहार गरेको र देशैभर काँग्रेसको पक्षमा जनलहर देखेर त्रसित भइ वाम गठबन्धनकै योजनामा बम प्रहार भएको समेत दाबी गरे । ज्ञात अज्ञात शहीदहरुको शहादतबाट प्राप्त लोकतन्त्र जोगाउनु सम्पुर्ण देशबासीहरुको दायित्व भएको कारण मंसीर २१ गते बिहान सबेरै अाफ्नो अाफ्नो मतदान केन्द्रमा गइ रुख चिन्हमा स्वस्तिक छाप लगनइ गरि लोकतन्त्रको रक्षार्थ जनमत दिन सम्पुर्ण सचेत मतदातालाइ व्यक्तिगत र अाफ्नो पार्टीको तर्फबाट अाव्हान पनि गर्नु भयो ।

Comments

Popular posts from this blog

कांग्रेसले माग्यो घोषणा पत्रका लागि सर्वसाधारणबाट सुझाव

नेपाली कांग्रेसको झण्डाको इतिहास History of Nepali Congress Flag

बुढानीलकण्ठ नगरपालिकमा कृषि सामग्री खरिद तथा अनुदानको प्रगति विवरण छैन, गम्भीर भ्रष्टाचारको आशंका !