ईश्वर पोखरेलका कार्यकर्ताहरुले नेपाली काँग्रेसबाट काठमाडौं क्षेत्र नं ५ का उम्मेदवार डा प्रकाशशरण महत माथि साँघातिक हमला
काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलका कार्यकर्ताहरुले नेपाली काँग्रेसबाट काठमाडौं क्षेत्र नं ५ का उम्मेदवार डा प्रकाशशरण महत माथि दूर्व्यवहार गरेका छन् । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको अघिल्लो दिन उनीहरुले काठमाडौंको बसुन्धरामा महतमाथि दूर्व्यवहार गरेका हुन् । बसुन्धरास्थित विजी मार्टको माथिल्लो तल्लामा रहेको स्थानीय काँग्रेस कार्यकर्ता श्री सापकाेटाको कार्यालयमा काँग्रेसका केही कार्यकर्ताहरुसँग चिया खार्इरहेका डा महत सहित करिब आधा दर्जन नेता कार्यकर्तामाथि एमाले कार्यकर्ताले दूर्व्यवहार गरेका हुन् । टोखा नगरपालिका वडा नं ७ का वडाध्यक्ष नरोत्तम राना मगरको नेतृत्वमा आएका करिब ७०-७५ जनाको टोलीले महत सहितका नेता तथा कार्यकर्तामाथि एक्कासी दूर्व्यवहार गरेका हुन् । साँझ ६ बजेको आसपासमा महत बसेको कार्यालयको ढोका फोर्दै उनीहरु तोडफोडमा समेत उत्रिएका थिए। स्थानीय जनप्रतिनिधि समेत रहेका रानाको नेतृत्वमा आएका उनीहरुले गुण्डागर्दी शैलीमा महत र उनीसँगै रहेका पूर्व सांसद् बहादुर लामामाथि समेत हातपातको प्रयास गरेका थिए । महत लगायतका नेता क...