अाफै थाहा पाउनुस अोलीको दिमागी स्तर

मंसिर १, २०७४-बुधबार गोर्खामा आयोजित चुनावी सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिले केही लेख्न बाध्य बनायो । कांग्रेसको राजनीति अन्तिम भएकोले त्यस पार्टीका कार्यकर्ताहरूलाई संवेदना दिन चाहन्छु भन्ने ओलीको अभिव्यक्तिले उनको दिमाग र स्तरको उचाइ कुन हदसम्म रहेछ भन्ने कुरा प्रस्ट हुन्छ । राजनीतिको अन्त्य कहिल्यै हुँदैन । जबसम्म राज्य रहन्छ, तबसम्म राजनीति रहिरहन्छ । राजनीति रहुन्जेल सम्भावना रहिरहन्छ भन्ने कुरालाई भुलेर कांग्रेसको राजनीति सकियो । अब कांग्रेस पतन भयो भनी अभिव्यक्ति दिनु भनेको ओलीको दिमागले काम नगर्नु हो । यो–यो कारणले हामीलाई मत दिनुहोस् । हामीले जितेपछि यो–यो काम गर्छौं नभनिकन कांग्रेस कार्यकर्तालाई संवेदना भन्नु गलत हो । कुन पार्टी खतम, कुन पार्टीले गलत काम गरेको छ, कुन पार्टीलाई पतन गराउने, कुन पार्टीलाई सफलताको शिखरमा पुर्‍याउने भन्ने हात जनताको हो, ओलीको होइन । तसर्थ कसैलाई गाली गरेर होइन, आफ्नो योजना र भिजनसहित जनतामा गएर आफ्नो कुरा राख्ने र जनतासँग मत माग्नुमा नै सबै नेताको हित छ । अन्यथा खराब बानीले आफंैलाई पतन गराउँछ ।

http://kantipur.ekantipur.com/printedition/news/2017-11-17/20171117085233.html

Comments

Popular posts from this blog

कांग्रेसले माग्यो घोषणा पत्रका लागि सर्वसाधारणबाट सुझाव

नेपाली कांग्रेसको झण्डाको इतिहास History of Nepali Congress Flag

बुढानीलकण्ठ नगरपालिकमा कृषि सामग्री खरिद तथा अनुदानको प्रगति विवरण छैन, गम्भीर भ्रष्टाचारको आशंका !