काठमाण्डौ क्षेत्र नं ५ प्रदेशसभा "ख" मा रमेश कुमार खड्काका कारण मतदातामा उत्साह



सही समाचार संवाददाताः २०७४ मंसीर  अासन्न  यो समाचार तयार पार्दा सम्म हिमाली भेगका जिल्लाहरुमा प्रादेशिक र संघीय निर्वाचन सम्पन्न भइ सकेको छ भने अन्य जिल्लाहरुमा अागामी मंसीर २१ गते निर्वाचन सम्पन्न हुँदैछ । अागामी मंसीर २१ हुने संघीय र प्रदेशसभा निर्वाचनले मंसीर महिनाको जाडोलाइ नै बिर्साउने गरि वातावरण तताइरहेकोछ । काठमाण्डौ क्षेत्र नं ५ नेपाली काँग्रेसका तर्फबाट विध्दान जुझारु नेता डा प्रकाश शरण महत चुनावी मैदानमा छन भने उनका सारथीको रुपमा प्रदेश सभा "क" मा लोकप्रिय महिला नेतृ रमा गुरागाइँ र "ख" मा स्थानिय समाजसेवी रमेश कुमार खड्का छन् । लैंगिक हिसाबमा सन्तुलित यो उम्मेदवारीलाइ मतदाताहरुले निकै प्रशंसा गरिरहेकाछन । केन्द्र सरकार र स्थानिय जनताको बिचमा पुलको रुपमा भुमिका निर्वाह गर्ने प्रदेशसभामा उम्मेदवारको रुपमा रमेश कुमार खड्का जस्ता स्थानिय समाजसेवी उम्मेदवार पाएर प्रदेश सभा "ख" का मतदाताहरु ले अाफुलाइ सम्मानित महशुस गर्नुका साथै रमेश कुमार खड्का जिताउन उत्साहित समेत छन ।  यता वाम गठबन्धनका तर्फबाट एमाले महासचिब इश्वर पोखरेल चुनावी मैदानमा छन भने उनका सारथीक प्रदेश सभा "क" मा जग्गा व्यापारी नारायण सिलवाल तथा "ख" मा राति राति घर घर गएर मतदाता परिचय पत्रको लागि फोटो खिचाउँदै हिँडेको बेला रंगे हात प्रहरी पक्राउ परि हिरासत बसेका दिपक निरौला सारथीका रुपमा छन । इश्वर पोखरेलको अवैध सम्पति प्रयोग गरि टोखामा १००अौ रोपनी जग्गा किनि भाइकाजी तिवारी प्रयोग गरि किसानको जग्गाबाट बाटो खोलि जग्गा प्लटिङ गरि सम्पति सदुपयोग गरिदिएकै कारण नारायण सिलवालले टिकट पाउँदै गर्दा पार्टी स्थापनाकाल देखि पार्टी प्रति समर्पित स्थानिय एमाले नेताहअरु रुष्ट छन भने यता प्रदेशसभा "ख" मा स्थानिय त्यागि नेताहरुलाइ टिकट नदिइकन  २/२ चोटी हारिसकेको कारण यस पालि इश्वर पोखरेललाइ जसरी नि जिताउनु पर्छ भन्दै राति राति मतदाता परिचय पत्रको लागि टोली लिइ घरघर फोटो खिचाउँदै हिँड्कै कारण उपहार स्वरुप दिपक निरौलालाइ टिकट दिएको कारण स्थानिय मतदाताहरु अाफुहरुको अपमानित भएको महशुस गर्दै रुष्ट छन । 

Comments

Popular posts from this blog

कांग्रेसले माग्यो घोषणा पत्रका लागि सर्वसाधारणबाट सुझाव

नेपाली कांग्रेसको झण्डाको इतिहास History of Nepali Congress Flag

बुढानीलकण्ठ नगरपालिकमा कृषि सामग्री खरिद तथा अनुदानको प्रगति विवरण छैन, गम्भीर भ्रष्टाचारको आशंका !