राति राति राँगा काट्न थालियो
सही समाचार संवाददाताः २०७४ मंसीर, यो समाचार तयार पार्दा सम्म हिमाली भेगका जिल्लाहरुमा प्रादेशिक र संघीय निर्वाचन सम्पन्न भइ सकेको छ भने अन्य जिल्लाहरुमा अागामी मंसीर २१ गते निर्वाचन सम्पन्न हुँदैछ । पहिलो संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेस दोस्रो पार्टी बने पश्चात अवधी थपि थपि ४/४ जना वाम प्रधानमन्त्री बने तर संविधान जारी हुन सकेन र कर्मचारीलाइ सत्ता सुम्पेर लुसुक्क भागे । तत्पश्चात भएको दोस्रो संविधान सभाको निर्वाचनमा जनताले विवेकपुर्ण तरिकाले नेपाली काँग्रेसलाइ पहिलो पार्टी बनाए अनि काँग्रेस नेतृत्वको सरकारले निर्धारित अवधी भित्रै ०७२ मा अाश्विन ३ गते नेपाली जनताको ७० वर्षे प्रतिक्षालाइ पुर्णविराम लगाउँदै जनताद्वारानै चाहेको र लेखिएको संविधान जारी गरे पश्चात हाल संविधान कार्यान्वयनको क्रममा छ । ति दुवै निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ५ बाट नेपाली काँग्रेसका नरहरि अाचार्यले निकट्तम प्रतिस्पर्धि एमालेका महासचिव इश्वर पोखरेललाइ भारी मतान्तरले पराजित गरेका थिए । यस पटक नेपाली काँग्रेसका तर्फबाट विध्दान र जुझारु नेता डा प्रकाश शरण महत र वाम गठबन्धनका तर्फबाट उनै पोखरेल चुनावी मैदानमा छन ।
इश्वर पोखरेल तिनै उम्मेदवार हुन जस्ले २०५६ सालमा भएको संसदीय निर्वाचनमा मनमोहन अधिकारी निर्वाचन प्रचारको क्रममा अचानक निधन भए पछि उनको स्थानमा टिकट पाइ उनकै सिम्प्याथि भोटले जितेका थिए । तर निर्वाचन जिते पश्चात सो क्षेत्रको विकास निर्माण र जनसरोकारमा ध्यान नदिइ भ्रष्टाचारमा लिप्ट भएको र अापुर्ति मन्त्री हुँदा गरेको तेलकाण्डका साथै पानी ट्यांकीमा पैसा लुकाएको भेटिएको कारण पहिलो संविधान सभाको निर्वाचनमा सो क्षेत्रका मतदाताले नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका विध्दान र शालिन नेता नरहरि अाचार्यलाइ भारी मतान्तरले जिताएका थिए । पहिलो चोटी निर्वाचित अाचार्यले शान्ति तथा पुननिर्माण मन्त्रीको रुपमा शान्ति प्रक्रिया टुंगो लगाएको र स्थानिय जनताको सुख दुःखमा साथ दिएको कारण दोस्रो चोटी पनि उनै पोखरेललाइ हराइ फेरि निर्वाचित भएका थिए । दोस्रो पटक निर्वाचित भएर गए पश्चात उनी कानुन मन्त्री बने देश महाभुकम्पको क्षतिले अाक्रान्त बनिरहेको अवस्थामा समेत यो समय भनेको सिमित दायरा र क्षेत्रमा खुम्चिएर बस्ने हैन भनि स्थानिय समस्या समाधान र विकास निर्माणको अभिभारा स्थानिय नेताहरुको जिम्मा लगाइ कानुन मन्त्रीको जिम्मेवारी पुरा गर्न अाफु संविधान लेखनमा दत्तचित्त भएर लागिरहे सोही अथक प्रयास र जनता प्रतिको इमान्दारिताकै कारण जनताले संविधान पायो भने देशले निकासा पायो ।
अासन्न निर्वाचनका लागि जनताद्वारा १ चोटी परिक्षण गरि २२ चोटी तिरष्कृत भइसकेका तिनै पोखरेललाइ वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनाइ पठाए पछि अाम मतदाता, एमाले र वाम गठबन्धनका कार्यकर्ताहरुले अाफुहरुलाइ अपमानित गरेको अनुभव गरिरहेकाछन । अापुर्ति मन्त्री हुँदा गरेको तेलकाण्डका साथै पानी ट्यांकीमा पैसा लुकाएको घटनाको बारेमा मतदाताहरुबाट बारम्बार अाइरहने प्रश्नको चित्त बुझ्दो उतर दिन नसक्दा कार्यकर्ता अाजित भैसकेका छन भने पोखरेल चाहीँ यस पटक अाफुले जसरी पनि जित्नै पर्ने दबाव कार्यकर्ताहरुलाइ दिइरहेकाछन । कार्यकर्ताहरुबाट कुनै पनि हालतमा नजित्ने रिपोर्ट पाएका पोखरेलले अोलीलाइ दबाव दिन लगाइ विभिन्न व्यापारी व्यवसायीहरुबाट करोडौं उठाइ सो पैसा दुरुपयोग गरि मतदाता किन्ने र भोज भतेर गराउन व्यस्त छन । विश्वस्त सुत्रबाट प्राप्त जानकारी अनुसार पोखरेलका एकमात्र छोरा श्रृजन पोखरेललाइ प्रयोग गरि युवाहरुलाइ पैसा बाँडी रातिराति खसी राँगा ढाली रातरातभर जाँडसक्सी खुवाइ लठ्याइ मत चोर्ने प्रयास गर्दैछन । केही दिन अगाडी पनि टोखामा राँगा ढाली रातभर भोजभतेर र नाचगान गरेका कारण अाफुहरु सुत्न नसकेको स्थानियहरुले गुनासो गरेका थिए ।
मुलुक राजनैतिक क्रान्ति सम्पन्न गरि अार्थिक क्रान्तिमा प्रवेश गरिसकेको सन्दर्भमा अार्थिक क्रान्तिको लागि योग्य अर्थशास्त्रमा विद्यावारिधी गरेका जुझारु नेता डा प्रकाश शरणलाई उम्मदवारको रुपमा पाएको कारण काँग्रेस कार्यकर्तामा खुशी र उत्साह छाहेकै भने अाम मतदाताहरुले समेत नेपाली काँग्रेसले मतदाताको सम्मान गरेको अनुभुति गरि अासन्न निर्वाचनमा डा प्रकाश शरण महतलाइ जिताउन उत्साहित छन ।

Comments
Post a Comment