Posts

Showing posts from November, 2017

काठमाण्डौ क्षेत्र नं ५ प्रदेशसभा "ख" मा रमेश कुमार खड्काका कारण मतदातामा उत्साह

Image
सही समाचार संवाददाताः २०७४ मंसीर  अासन्न    यो समाचार तयार पार्दा सम्म हिमाली भेगका जिल्लाहरुमा प्रादेशिक र संघीय निर्वाचन सम्पन्न भइ सकेको छ भने अन्य जिल्लाहरुमा अागामी मंसीर २१ गते निर्वाचन सम्पन्न हुँदैछ । अागामी मंसीर २१ हुने संघीय र प्रदेशसभा निर्वाचनले मंसीर महिनाको जाडोलाइ नै बिर्साउने गरि वातावरण तताइरहेकोछ । काठमाण्डौ क्षेत्र नं ५ नेपाली काँग्रेसका तर्फबाट विध्दान जुझारु नेता डा प्रकाश शरण महत चुनावी मैदानमा छन भने उनका सारथीको रुपमा प्रदेश सभा "क" मा लोकप्रिय महिला नेतृ रमा गुरागाइँ र "ख" मा स्थानिय समाजसेवी रमेश कुमार खड्का छन् । लैंगिक हिसाबमा सन्तुलित यो उम्मेदवारीलाइ मतदाताहरुले निकै प्रशंसा गरिरहेकाछन । केन्द्र सरकार र स्थानिय जनताको बिचमा पुलको रुपमा भुमिका निर्वाह गर्ने प्रदेशसभामा उम्मेदवारको रुपमा रमेश कुमार खड्का जस्ता स्थानिय समाजसेवी उम्मेदवार पाएर  प्रदेश सभा "ख" का मतदाताहरु ले अाफुलाइ सम्मानित महशुस गर्नुका साथै रमेश कुमार खड्का जिताउन उत्साहित समेत छन ।  यता  वाम गठबन्धनका तर्फबाट एमाले महासचिब इश्वर पोखरेल चुनावी मैदानमा छन...

राति राति राँगा काट्न थालियो

Image
       सही समाचार संवाददाताः २०७४ मंसीर, यो समाचार तयार पार्दा सम्म हिमाली भेगका जिल्लाहरुमा प्रादेशिक र संघीय निर्वाचन सम्पन्न भइ सकेको छ भने अन्य जिल्लाहरुमा अागामी मंसीर २१ गते निर्वाचन सम्पन्न हुँदैछ । पहिलो संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेस दोस्रो पार्टी बने पश्चात अवधी थपि थपि ४/४ जना वाम प्रधानमन्त्री बने तर संविधान जारी हुन सकेन र कर्मचारीलाइ सत्ता सुम्पेर लुसुक्क भागे । तत्पश्चात भएको दोस्रो संविधान सभाको निर्वाचनमा जनताले विवेकपुर्ण तरिकाले नेपाली काँग्रेसलाइ पहिलो पार्टी बनाए अनि   काँग्रेस नेतृत्वको सरकारले निर्धारित अवधी भित्रै ०७२ मा अाश्विन ३ गते नेपाली जनताको ७० वर्षे प्रतिक्षालाइ पुर्णविराम लगाउँदै जनताद्वारानै चाहेको र लेखिएको संविधान जारी गरे पश्चात हाल संविधान कार्यान्वयनको क्रममा छ । ति दुवै निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ५ बाट नेपाली काँग्रेसका नरहरि अाचार्यले निकट्तम प्रतिस्पर्धि एमालेका महासचिव इश्वर पोखरेललाइ भारी मतान्तरले पराजित गरेका थिए । यस पटक नेपाली काँग्रेसका तर्फबाट विध्दान र जुझारु नेता डा प्रकाश शरण महत र वाम गठबन्धन...

कम्युनिष्ट शासनको १०० वर्ष : हत्या, आँसु र भोकमरी

Image
बेलायत।   यो वर्ष संसारमा गरिएको सबभन्दा ठूलो गल्ती मध्येको एक-रूसमा कम्युनिष्ट क्रान्तिको सयौं वार्षिकी परेको छ । रूसमा र अन्य देशमा कम्युनिष्ट शासकहरूले लगभग १० करोड मानिसको ज्यान लिए । अधिकांश मानिस भोकमरीका कारण मारिए किनकि समाजवादी तानाशाहहरूले जनतालाई जबर्जस्ती अप्रभावकारी सामूहिक खेती गर्न लगाए । अन्य लाखौंलाई राजनीतिक सफाया गरियो । तर रूसी क्रान्ति हुँदा रूसभित्र र बाहिरका मानिसहरू उत्साहित भएका थिए । भीडले लेनिनलाई उत्साहित गरायो । अब कुलीनहरूले शासन चलाउँदैनन्, पूँजीपतिहरूले कामदारलाई शोषण गर्दैनन् अनि मानिसहरू सँगसँगै समृद्धिको बाटोमा अघि बढ्छन् भन्ने जनतालाई विश्वास थियो । बेलायती पत्रकार थियोडोर रोथस्टाइनले लेखे, ‘साम्राज्यवादी दुःस्वप्नको अविभाजित नियन्त्रण अन्त्यतिर आइपुगेको छ … (अब) मजदूर वर्गको शासन हुन्छ ।’ तर जनताको जीवनका सबै पक्षमा सरकारी योजनाले काम गर्दैन अनि सबै कुरा राम्रो हुँदै जाने कुरा पनि सम्भव छैन । उल्टो, प्रशासनिक योजना आयोगहरू तथा गोप्य प्रहरी यसका उपज हुन् । कम्युनिजम हत्यामा आधारित शासन व्यवस्था हो । लेनिनले क्रान्तिको शुरुवातमै सयज...

अाफै थाहा पाउनुस अोलीको दिमागी स्तर

मंसिर १, २०७४-बुधबार गोर्खामा आयोजित चुनावी सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिले केही लेख्न बाध्य बनायो । कांग्रेसको राजनीति अन्तिम भएकोले त्यस पार्टीका कार्यकर्ताहरूलाई संवेदना दिन चाहन्छु भन्ने ओलीको अभिव्यक्तिले उनको दिमाग र स्तरको उचाइ कुन हदसम्म रहेछ भन्ने कुरा प्रस्ट हुन्छ । राजनीतिको अन्त्य कहिल्यै हुँदैन । जबसम्म राज्य रहन्छ, तबसम्म राजनीति रहिरहन्छ । राजनीति रहुन्जेल सम्भावना रहिरहन्छ भन्ने कुरालाई भुलेर कांग्रेसको राजनीति सकियो । अब कांग्रेस पतन भयो भनी अभिव्यक्ति दिनु भनेको ओलीको दिमागले काम नगर्नु हो । यो–यो कारणले हामीलाई मत दिनुहोस् । हामीले जितेपछि यो–यो काम गर्छौं नभनिकन कांग्रेस कार्यकर्तालाई संवेदना भन्नु गलत हो । कुन पार्टी खतम, कुन पार्टीले गलत काम गरेको छ, कुन पार्टीलाई पतन गराउने, कुन पार्टीलाई सफलताको शिखरमा पुर्‍याउने भन्ने हात जनताको हो, ओलीको होइन । तसर्थ कसैलाई गाली गरेर होइन, आफ्नो योजना र भिजनसहित जनतामा गएर आफ्नो कुरा राख्ने र जनतासँग मत माग्नुमा नै सबै नेताको हित छ । अन्यथा खराब बानीले आफंैलाई पतन गराउँछ । http:/...
केहि बर्ष अघि सम्म संसारमा यति बिघ्न कमनिस्ट देशहरु थिए: Poland, Albania, Yugoslavia, Czechoslovakia, Romania, Bulgaria, Hungary, East Germany, Angola, Benin, Congo-Brazzaville, Ethiopia, Mozambique, Somali, Afghanistan, Cambodia, Mongolia, North Vietnam, South Yemen, USSR (Armenia, Azerbaijan, Belarus, Estonia, Georgia, Kazakhstan, Kyrgyzstan, Latvia, Lithuania, Moldova, Tajikistan, Turkmenistan, Ukraine, Uzbekistan) , अब तिनीहरु खुम्चिएर ५ मा झरेछन ! अहिले नेपाल छैठौ हुनु परो भनेर भोट माग्दैछन बाम साथिहरु ! परिभाषा पनि पढम है एक पटक बाम साथिहरुले आदर्श मानेको कमनिस्ट ब्यबस्था के हो भनेर : Communism is a kind of theory or system that purports ownership of all property, resources, and so forth should belong to a community or to the entire state, and where society is controlled by a single political party. Courtsy: Dinesh sharma

शितलनिवासबाट फोन गरेर माग्न थालियो एमालेलाई मत, राष्ट्रपतिको तटस्थतामाथि प्रश्न

Image
विराटनगर । प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति नजिकिदै गर्दा राजनीतिक दलहरु आफ्नो पक्षमा मत तान्न लागिपरेका छन्। राजनितिक दलहरु आफ्नो पक्षमा मत माग्न लाग्नु स्वभाविकै पनि हो । आफ्नो पक्षमा जनमत सिर्जना गर्नु र सरकारमा जाने यत्न गर्नु दलहरुको धर्म पनि हो।  तर राजनीतिक दल भन्दा माथि रहेका तथा देशलाई नेतृत्व एवं अभिभावकीय भूमिका दिनुपर्ने संस्थाका प्रमुख अर्थात राष्ट्रपति भने चुनावी जोड घटाउमा लाग्ने कुरा भने हाम्रो राजनीतिले अस्विकार गरेको कुरा हो।  राष्ट्रपति बनेसँगै विगतमा जुन पार्टीबाट राजनीति गरेपनि देशकै अभिभावकीय नेतृत्व लिएका कारण त्यसबाट पर रहनु यो नैतिक वन्धन हो। त्यहि वन्धनमा रहन नै पार्टीगत भूमिकाबाट राष्ट्रपति अलग रहने परम्परा रहँदै आएको छ।  तर यतिखेर शितल निवासमा रहि देशकै नेतृत्व गरिरहनुभएकी राष्ट्रपति चुनावी जोडघटाउमा रहँदा राष्ट्रपति पदको तटस्थतामा आशंका उत्पन्न हुन थालेको छ। राष्ट्रपति विद्यादेव भण्डारीलाई किन चुनावले यतिविघ्न छोयो धेरैले प्रश्न गर्न थालेका छन्।  दोस्रो चरणमा चुनाव हुने मोरङका विभिन्न क्षेत्रमा यतिखेर शितल निवास...