Posts

Showing posts from March, 2024

सय वर्ष भन्दा अगाडिको नयाँ वर्षको कार्ड

Image
  सय वर्ष भन्दा अगाडिको नयाँ वर्षको कार्ड सन १९२१ अर्थात बि.सं. १९७८ को पौषमा पठाइएको यो ग्रीटिङ कार्ड एउटा नौलो अनुभुति लाग्दछ । १०० वर्ष भन्दा अगाडी नेपालमा नै खासै हुलाकमा साधारण पत्र पठाउने ब्यबस्था नहुँदा यो किसिमको ग्रीटिङ कार्ड एउटा बहिनीले दिदीको लागी पठाइएको छ । सन १९२१ को डिसेम्बर २८ तारिखको दिन दिदी भुवन कुमारी देवीलाई बहिनी बुद्धिमतीले पठाइएको यो कार्डमा बहिनी बुद्धिमतीले आफ्नै तस्विरको प्रयोग गरेकी छिन । कार्डमा लेखिएको शब्द "My dashing sis with profound love affably yours Buddhimati 28 December 1921. यहा प्रयोग गरिएका अंग्रेजी शब्दले दुबैले अंग्रेजी माध्यममा पढेको भन्ने बुझिन्छ । यहा सबैलाई खुलदुलि होला । आखिर यि भुवनकुमारी देवी र बुद्धिमती को हुन भन्ने । देवशम्शेर भाइ चन्द्रशम्शेरको षडयन्त्रले देश निकाला भए पछि धनकुटामा पुगेपछि जन्मिएका भुवन कुमारी देवी देव शम्शेरको तेश्रो रानी कृष्णकुमारीकी कान्छी छोरी थिइन भने बुद्धिमती उनको अर्को आमा तर्फबाट बहिनी थिइन । धनकुटाबाट भारतको मसुरीमा बाकी जिवन बिताउन पुगेका देवशम्शेरको सम्पूर्ण परिवार झरिपानीमा नै बस्दथे । यो कार्ड पठ...

नेपाली कांग्रेसको झण्डाको इतिहास History of Nepali Congress Flag

Image
  नेपाली कांग्रेसको झण्डाको इतिहास हालको झण्डा पुरानो झण्डा तल माथि क्रान्तीको प्रतिक रातो रङ र बिचमा शान्तीको प्रतिक सेतो रङमा फेरी क्रान्तीकारी चार तारा पनि राखिएको छ । चार तारा राख्नुको कारण नेपालमा कांग्रेस राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र धार्मिक स्वतन्त्रताका पक्षमा सधै उभिनेछ भन्नु थियो । तर वास्तवमा भन्ने नै हो भने यो झण्डा नेपाली कांग्रेसको थिएन । राणाशासन बिरुद्ध क्रान्तीको घोषणा सहित राणाशासनकालमा जुद्धशम्शेरले भीमशम्शेरका तामाङ तिरका सन्तानलाई सि क्लासमा बिभाजन गराइ रोलक्रमबाट निष्काशित गराइएका सुवर्णशम्शेर र महावीर शम्शेरको सक्रियतामा स्थापना गरिएको नेपाल प्रजातन्त्र कांग्रेसको झण्डा थियो ।  नेपाली राष्ट्रिय कांग्रेसको जन्म भने धेरै अगाडि नै भइसकेको थियो । बि.सं. २००३ कार्तिक १५ गते गठित अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस नै पछि माघ १२ र १३ गते कलकत्तामा भएको प्रथम महाधिवेशनले बिधिवत रुपमा नेपाली राष्ट्रिय कांग्रेस नामाकरण गरि गोपाल प्रसाद भट्टराई, देवब्रत परियार तथा डि. एन. प्रधानलाई झण्डा निर्माणको जिम्मा दिइएको थियो । अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस...