Posts

Showing posts from March, 2022

कामपा-३ मा नेपाली काँग्रेसबाट वडाध्यक्षका ४ सम्भावित उम्मेद्वारहरू

Image
  काठमाण्डाै महानगरपालिका-३ मा नेपाली काँग्रेसबाट वडाध्यक्षका ४ चर्चित सम्भावित उम्मेद्वारहरू २०७८।१२।१० स्थानिय सम्वाददाता, दिनेश चाैधरी, ।  गगन थापा, धनराज गुरूङ, विश्वप्रकाश शर्मा जस्ता चर्चित युवा उम्मेद्वारहरूकाे शानदार विजय सहित चाैधाैँ महाधिवेशनकाे समापनसंगै नेपाली काँग्रेसमा एउटा छुट्टै जाेश जाँगर उत्पन्न हुनाका साथै अाम नागरिकमा नेपाली काँग्रेस प्रति अाशा र भराेसा पलाएकाेछ ।  देश अहिले स्थानिय निर्वाचनकाे संघारमा छ । नागरिककाे घरदैलाेमा सेवा पुर्याउने र केन्द्र सरकार र अाम नागरिक बिच सेतुकाे कार्य गर्ने स्थानिय तह (पालिका सरकार)काे नेतृत्व गरि अाम नागरिककाे सेवा गर्ने उद्देश्यका साथ राजनैतिक दलका युवाहरू साथै स्वतन्त्र युवाहरू तयारीमा जुटि सकेका छन ।  राजधानी शहर एतिहासिक नगरी काठमाण्डाै महानगरपालिका वडा नं. ३ लाइ काठमाण्डाै क्षेत्र नं. ५ को मेरूदण्डको रूपमा लिइन्छ ।  एतिहासिक नगरी काठमाण्डाै महानगरपालिका अाफैँमा एउटा विशेषता बोकेको नगरी हो भने महानगरको शीरमा रहेको ३ वडाले एउटा छुट्टै पहिचान र विशिष्टता बाेकेकोछ । अस्पतालै अस्पताल, राजदुताबासै राजदुताबा...